Sabin Shakya

काठमाडौ। चालिसको दशकदेखि रंग पत्रकारिता गर्दैआएका अग्रज रंग पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन्। काठमाडौको गौरीघाटमा केही समयदेखि बस्दैआएका पत्रकार शाक्यले शुक्रबार राति आत्म हत्या गरेको हो।

आत्म हत्याको बारेमा केही जानकारी प्राप्त हुन नसकेपनि घटनास्थल गौरीघाटवाट तीन पेजको सुसाइट नोट प्रहरीले भेटाएको चलचित्र निर्माता सरोज शर्माले भिजन संसारलाई जानकारी दिएका छन्।

प्रहरीले यस संवन्धमा अनुसन्धान गरिरहेको बुझिएको छ। प्रहरीले पत्रकार शाक्यले किन र के कारणले आत्महत्या गरेर आफैलाई सिध्यायो भन्ने विषयमा अनुसन्धान गरिरहेको बुझिएको छ। पत्रकार शाक्यको शवको पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालमा राखिएको जानकारी अर्का अग्रज पत्रकार सानुकाजी श्रेष्ठले दिएका छन्।

केही समय यता चलचित्र निर्माताको रुपमा पनि देखिएका पत्रकार शाक्य निर्मित पछिल्लो चलचित्र ब्लांक डायरी हो। चलचित्र नचलेको पीडाले आत्महत्या गरेको हो कि भन्ने आशंका गरिएको छ। तरपनि पुष्टि भने हुन सकेको छैन्।
प्रकाशन मिति–२०७४ साल असार २३ गते शुक्रबार ।