काठमाडौं। लामो समयदेखि विभिन्न सामाजिक सेवामा क्रियाशील व्यक्तित्व अग्रज सामाजिक अभियन्ता तथा राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल अन्तरराष्ट्रिय सामाजिक संस्था रोटरी क्लब अफ कपनको  प्रेसिडेन्ट (२०२०–२०२१) पदमा नियुक्त भएका छन्।

रोटरी क्लब अफ कपनको चार्टर मेमबरका रुपमा स्थापना कालदेखि सक्रिय समाज–सेवी शिवहरि खनाल अवको एक बर्षसम्म  प्रेसिडेन्ट बनेर रोटरी क्लब अफ कपन मार्फत विभिन्न सामाजिक कार्य गर्ने नयाँ सोच र अनुपम कार्य गरेर एकबर्षे कार्यभारलाई युगान्तकारी बनाउने प्रतिबद्धतामा रहेका छन्।

जीवनमा पाउनु मात्र सवै कुरा होइन, दिनुमा अझ ठूलो महानता भन्ने सोचका शिवहरि खनालले विसं.२०७२ साल बैशाख १२ गते नेपालमा गएको महाभूकम्प देखि कोरोनाभाइरस (कोभिड–१९) को महामारी कारण जारी लकडाउनको समयमा पनि सक्दो सहयोग र सेवा दिने कार्यमा उतिकै सक्रिय खनाल मेहनत र कर्मशीलतावाट बनेका कर्मवीर हुन।

जसले सानोमा पिता एकाएक बेपत्ता बन्दा ज्यादै दुःखले हुर्केको त्यो क्षण अनि राजा वीरेन्द्रको दरबार बनाउंदा ज्याला–मजदुर भएर काम गरेका ती पललाई आज पनि रोटरी क्लब अफ कपनका प्रेसिडेन्ट शिवहरि खनालले सम्झेका छन्।

त्यसको अलावा बालुवाटार देखि टोखाको सरकारी स्कुलसम्म घण्टौ हिंडेर पढाउन गएको त्यो क्षण अनि बालुवाटारमा नै भएको एक भयानक दुर्घटनामा रातको समयमा एक्लै सहयोग गरेर उद्धार गरेको त्यो पललाई पनि खनालले सम्झेका छन्।

घटनाका अनेक परिघटनावाट मजबूत बनेर वर्तमान समयसम्म आइपुगेका खनाल आफूलाई दुःखले बनेको मान्छे भन्न रुचाउंछन्।

प्रकाशन मिति–२०७७ साल असार १७ गते बुधवार ।