काठमाडौं। अग्रज साहित्यकार पुष्पलता आचार्यको ६१ औं किताव प्रकाशनमा आउने भएको छ। कितावको नाम नै किताव यात्रा रहेको छ। जुन किताव आगामी चैत्र १३ गते बुधवार दिनको १ बजे विमोचन गर्ने अन्तिम तयारीमा आफू रहेको जानकारी साहित्यकार आचार्यले भिजन संसार डटकमलाई दिएकी छन्।

साहित्यकार आचार्यका अनुसार, कितावको यात्राको यथार्थता नै यस कितावको यात्राको मूल विषय रहेको छ। आचार्यका घरभरि छरिएर रहेका अत्यन्त महत्वपूर्ण कितावहरुलाई नेपालका १७ जिल्लाका ४ सय १३ स्कुल–कलेज तथा विभिन्न पुस्तकालयहरुलाई प्रदान गर्ने कार्य भएको यस किताव यात्रामा उल्लेख रहेको छ।

ती किताव यात्राका क्रममा त्यसरी प्रदान गर्दा उपलव्ध भएको नगद १७ लाख रकम पनि विकट तथा दूर्गम जिल्लाका अनाथ बालबालिकाको सहयोगार्थ सकाएको घटनाक्रम पनि उल्लेख रहेको छ। शताव्दी पुरुष डा.सत्यमोहन जोशीव्दारा विमोचन हुने यस किताव यात्राको लेखन साहित्यकार आचार्यको नै रहेको छ। प्रकाशन सिमल पब्लिकेशनले गर्न लागेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ७ गते विहीवार ।