–श्याम स्मृत
ललितपुर । कामको लोड बढी हुनेलाई नजानिदो किसिमले प्रेसर हुने गर्दछ। विजनेशमा लागेकाहरुलाई कुनै न कुनै कुराले स्ट्रेस भैरहेको नै हुन्छ। त्यो स्ट्रेसले नै प्रेसर हुने गर्दछ। हरेक विजनेशमेनहरुलाई कामको लोडको कारण हुने गरेको स्ट्रेसवाट उत्पन्न हुने प्रेसर तथा सुगर लगायतका रोगलाई ध्यान तथा योगले कन्ट्रोल पार्ने गर्दछ। ध्यान तथा योगले जीवनलाई तनावबाट आनन्दमय वनाउने तर्क र विचार फरक सोचकी नेपालको प्रतिष्ठित महिला उद्यमी एवम् विजनेश वुमन चन्द्रकला बास्कोटाको रहेको छ।

रिजाल प्लाष्टिक उद्योगकी प्रोप्राइटर तथा चेयरपर्सन चन्द्रकला बास्कोटाको भनाईमा ध्यान तथा योग विजनेश पर्सनहरुलाई अझ धेरै आवश्यक छ। विजनेशवाट हुने गरेको स्ट्रेसलाई शान्त पार्न ध्यान तथा योग आवश्यक छ। दिनभरको स्ट्रेसलाई विहान या बेलुकाको ध्यान तथा योगले प्राय ती सवै स्ट्रेसलाई हटाएर शान्त तथा मनलाई फ्रेस वनाउन मदत गर्ने गर्दछ।

महर्षि फाउण्डेसनको बास्तु ध्यान योगका अग्रणी व्यक्तित्व प्रतिष्ठित समाजसेवी तथा पूर्वराजनीतिज्ञ एवम् पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश वास्कोटा यतिखेर ७३ बर्ष पुगिसकेका छन्। ७३ बर्षको उमेरमा पनि हरदम फ्रेस देखिनुमा ध्यान तथा योग नै भएको चन्द्रकला बास्कोटाको ठहर रहेको छ। पिता दीपकप्रकाश वास्कोटाको प्रेरणाले प्रारम्भमा पितासंगै नेपाली कांग्रेसको राजनीतिमा होम्मिएपनि पछि पिताकै दिग्दर्शनमा बिजनेशमा चन्द्रकला बास्कोटाले हात हालेकी हुन्।

भक्तपुर महिला उद्यमी संघको निर्वतमान अध्यक्ष तथा बास्कोटा ग्रुप अफ इण्डष्ट्रीजका डाइरेक्टर समेत रहेकी चन्द्रकला बास्कोटालाई अघिल्लो स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा चुनाव लड्न नेपाली कांग्रेसले टिकट दिएतापनि यतिखेर आफ्नो विजनेश गर्ने टाइम हो, राजनीति गर्ने टाइम होइन भनेर स्पष्ट भनेकी थिइन्। पार्टीले टिकट दिएको त्यो बेला चुनाव लड्ेको भए, निश्चित रुपमा भारी मतले जित्नेथिइन्।

विशेषत ललितपुर महानगरको वडा नंबर ५ देखि १४ सम्म चन्द्रकला बास्कोटाको पहुँच तथा पहिचान निक्कै राम्रो छ। महिला समूहहरुमा त सवैको प्रिय व्यक्ति नै हुन्। सभ्यता महिला समूहको कोषाध्यक्ष समेत रहेकी चन्द्रकला बास्कोटा जीवनमा हार नखाने प्रगाढ स्वाभिमानी महिला उद्यमीका रुपमा चिनिएकी छन्।

सानो उमेर देखि फरक सोच र फरक विचारकी चन्द्रकला बास्कोटा आफ्नो साक्षात भगवान नै आमा र बुवा भएको जिकिर गर्छिन्। आमा र बुवा नै मेरो भगवान अनि साहारा तथा सवथोक भएको पनि भन्छिन्। भगवानलाई पुज्न मन्दिर नभइकन घरकै आमा र बुवालाई पुजेमात्र पुग्ने धारणाकी चन्द्रकलाले महिला उद्यम क्षेत्रमा बेग्लै नाम तथा प्रतिष्ठा कायम गरिसकेकी छन्।

विगत तीस बर्षदेखि रिजाल प्लाष्टिक उद्योग मार्फत उद्यम व्यवसायमा अग्रणी स्थान हासिल गर्दैआएकी चन्द्रकला बास्कोटा विवाह पश्चात नै उद्यम व्यवसायमा लागेकी हुन्। श्रीमानका साथमा प्रारम्भका बर्षहरुमा उद्यम व्यवसाय गर्दैआएकी चन्द्रकलाको जीवनमा पन्ध्र बर्षअघि श्रीमान अमोद रिजालको दुःखद निधनले एक्लो वनाएको थियो।

श्रीमानको निधनपश्चात उद्योग व्यवसायलाई आफैले लिड गरेर अगाडि बढाउंदै आएकी चन्द्रकलाको अनुभवमा एकल महिला उद्यमी व्यवसायीलाई हरेक पाइलामा कठिनाइ नै कठिनाइ भएतापनि ती सवै कठिनाइलाई कुल्चेर अगाडि बढ्न सफल भएकी छन्। यो चन्द्रकलाभित्रको महिला सशक्तिकरण हो। जुन सवै नेपाली महिला दिदीबहिनीहरुको लागि आत्मप्रेरणा तथा उत्प्रेरणा हो।

धार्मिक तथा सामाजिक अभियन्ताको रुपमा पनि अत्यन्त्र सक्रिय चन्द्रकलाका एक छोरा तथा एक छोरी छन्। हाल दुवै अमेरिकामा छन्। छोरा र छोरी दुवै सक्षम भैसकेको कारण पनि आफूलाई सहज रुपमा विजनेशमा लाग्न सजिलो भएको भन्छिन्। निकट भविष्यमा पिताले छाडेको राजनीतिको डोबमा पनि अवश्य हिंड्ने भिजन र मिशनमा नै रहेकी चन्द्रकलाको भावी योजना राजनीति नै हो। राजनीतिवाट नै समाज रुपान्तरण गरेर सुदुढ नेपाल र समृद्ध नेपाल वनाउने मिशन चन्द्रकलाको रहेको छ। यद्यपि, हालको टाइम भने, विजनेश नै हो भन्छिन्।

गजल

मनका कुरा कति थिए दबाउन सकिन
पिरै पिरमा आफुलाइ हसाउन सकिन

आफन्तले दिएको चोट कसरी बिर्सु मैले
पोल्छ छाती दुखेको मुटु जलाउन सकिन

मनमा शान्ति खोज्दैछु मन्दिर धाएर पनि
तस्बिर थियो दिलबाट हटाउन सकिन

मेरो दिल तिम्रो दिलभए दुःख केमा हुन्थ्यो
तिम्ले बिर्से नि नजरबाट खसाउन सकिन

व्यबहार भयो लथालिङ्ग समाल्ने कसरी
मर्दै गएको मेरो आत्मा बचाउन सकिन

–चन्द्रकला बास्कोटा
ललितपुर

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल बैशाख २ गते विहीवार ।