काठमाडौं। नेपालको सुनचाँदी बजारमा अचाक्ली भाउ बढेको सुनको भाउ मंगलबार तोलामा ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवासायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार १०० रुपैयाँमा कारोवार भएको छ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा पनि पछिल्ला केहि दिन यता सुनको भाउमा गिरावट आएको छ।

अघिल्लो दिन सोमबार प्रतिअउन्स दुई हजार २९ डलरमा किनबेच भएको सुन, मंगलबार भने प्रतिअउन्स दुई हजार १५ डलरमा कारोबार भएको छ।
प्रकाशन मिति–२०७७ साल साउन २७ गते मंगलवार ।