gagan-birahi

काठमाडौ। गंभीर अवस्थामा अस्पताल भर्ना भएका नेपाली आधुनिक संगीतका चर्चित गीतकार तथा नेपाली चलचित्रका निर्माता तथा निर्देशक गगन विरहीको शुक्रबार दिउंसोवाट होश खुलेको छ।

अचेत अवस्थामा बुधवार काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका विरहीले भेटघाट गर्न पुगेका नातेदार तथा साथीभाइलाई चिन्न थालेका छन्। लिभर रोगवाट गंभीर रुपमा पीडित बनेका विरही अस्पतालको बेडमा भिजन संसारसँगको संक्षिप्त कुराकानीमा अचानक यस्तो रोग लाग्यो–थाहै भएन र स्वास्थ्यलाभको कामना गर्ने शुभचिन्तक सवैलाई धन्यवाद भन्न चुकेनन्।

डाक्टरले भर्खर मात्र होश आएकोले लामो कुराकानी गर्न नमिल्ने र अस्पतालको उपचारको अत्यन्त सघन कक्ष भएकोले फोटो खिच्न पनि नमिल्ने भएकोले फोटो खिच्न पनि दिइएन। नेपाली संगीत क्षेत्रका सयौं कर्णप्रिय गीत लेख्न सफल गीतकार विरहीका कयौ गीत अत्यन्त लोकप्रिय छन्।

gagan-birahi-1

त्यसमध्ये बरिष्ठ गायक प्रेमध्वज प्रधानको गायन रहेको तिमीलाई अचेल कहाँ भेटु बोलको गीत कालजयी गीत नै बनेको छ। संकल्प, घर–आँगन, झझल्को, मितेरी गाउं, शिखर जस्ता चलचित्रका विरही सफल निर्माता तथा निर्देशक समेत हुन्। केही बर्ष अमेरिका बसेर तीन वर्षअघि मात्र सदाको लागि नेपालमा नै बस्ने गरेर फर्केका विरही गीत लेखन तथा फोटोग्राफीमा व्यस्त बन्दैआएका थिए।
प्रकाशन मिति–२०७३ साल कात्तिक ५ गते शुक्रबार ।