काठमाडौ। प्रतीक्षा गर मेरी मायालु बोलको यो गीत चालिसको दशकको अत्यन्त चर्चित गीत हो। यो गीत आज सुन्दा पनि गुलाफको फूलजस्तै ताजा हुने गर्दछ। यो अजम्बरी कालजयी गीत गाउने स्रष्टा दीपक खरेल हुन्। दीपक खरेलका यो कालजयी गीतले उनलाई सदा अमर बनाइरहने निश्चित छ।

Anish Pandey

यस्ता दर्जनौ कालजयी गीतका स्रष्टा गायक दीपक खरेलको यिनै अजम्बरी गीत प्रतीक्षा गर मेरी मायालु बोलको गीतलाई रिमेक गरेर नयाँ गायक अनिश पाण्डेले गाएर सार्वजनिक गरेका छन्। मौलिक कालजयी गीतलाई जस्ताको तस्तै गाएर पुराना स्रष्टाको सम्मान गर्ने कार्य गरेको बताएका छन्।

बाल्यकालदेखि नै सुन्दै आएको गीत भएकाले अहिले आएर कभर संगका रुपमा फेरी ब्युँत्याएको गायक पाण्डेले भनेका छन्। नयाँ परिमार्जित गीतमा म्यूजिक एरेन्ज गर्ने काम पुरुषोत्तम सुवेदीले गरेका छन् ।यसको भिडियो छायांकन र सम्पादन सुमन श्रेष्ठले बेलायतमा गरेका हुन् । यसअगाडि नै गायक पाण्डेले मनसँग मन बोलको गीतको भिडियो अर्जुन पोखरेलको संगीतमा बजारमा ल्याइसको छन् ।


प्रकाशन मिति–२०७४ साल कात्तिक ८ गते बुधवार ।