लण्डन। नेपालकी ख्यातिप्राप्त गायिका अञ्जु पन्तको स्वरमा रहेको दुख्ने मुटु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदी दुबसुको शब्द शृजना रहेको गीतमा राजदुत दुबसु र उनकी पत्नि पुनम सुवेदीको समेत गीतको भिडियोमा अभिनय रहेको छ।

साथै भिडियोमा दुबसु दम्पत्तिका अलावा नायिका मिरुना मगर र अभिनेता ध्रुब दत्तको स्वभाविक अभिनय रहेको छ। साथमा शरदराज आरन, सम्झना आरन, तेजेन्द्र रेग्मी, सुधा शर्मा, राजकुमार गिरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

भिडियोमा अभिनय गर्ने कलाकारहरुमा नायिका मिरुना मगर र नायक ध्रुब दत्तबाहेकका ३ जोडी नै वास्तविक जीवनकै जोडी हुन्। गीतमा ख्यातिप्राप्त संगीतकार आलोकश्रीको संगीत शृजना रहेको छ भने भिडियोको छायांकन सम्दान र निर्देशन कुशल श्रेष्ठले गरेका हुन्। छायाँकन बेलायतका रमणिय स्थलहरुमा गरिएको हो।

प्रकाशन मिति–२०७७ साल असोज २३ गते शुक्रवार ।