काठमाडौं। नेपाल सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययनरत विद्यार्थीका लागि खोप उपलब्ध गराउने प्रबन्ध मिलाइएको वताएका छन्।

अठार वर्ष वा सोभन्दा बढी उमेर समूहका सबै परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेशपत्रको आधारमा तोकिएको खोप केन्द्रबाट खोप सेवा लिन सकिने भनिएको छ।

यसक्रममा, ललितपुर महानगरपालिका वडा नंबर ५ ले थसिखेल स्थित महालक्ष्मी पार्टी प्यालेसमा कक्षा १२ र सो भन्दा माथिका विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप दिने कार्य सफलतापूर्वक विहीवार संपन्न गरिएको लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले वताएका छन्। वडा अध्यक्ष श्रेष्ठले यो कार्यलाई शुक्रवार पनि निरन्तरता दिइएको छ।


प्रकाशन मिति–२०७८ साल भाद्र १० गते विहीवार ।