ललितपुर । अति अशक्त अपाङ तथा व्हीलचेअर प्रयोगकर्ता अपाङहरुका लागि सवारी साधनमा व्हीलचेअर लिफ्टको अत्यन्त आवश्यकता रहेको छ।

व्हीलचेअर लिफ्ट नेपालका सवारीसाधनहरुमा नहुंदा अति अशक्त अपाङ तथा व्हीलचेअर प्रयोगकर्ता अपाङहरुलाई अत्यन्त कठिनाइ भैरहेको महशुश गरेर प्रयोगात्मक रुपमा ललितपुरमा व्हीलचेअर लिफ्ट सहितको सवारी भ्यान उपलव्ध गराइएको छ।

युएसएडले फेज नेपालको संयोजनमा इन्डिपेन्डेन्ट लिभिङ सेन्टर ललितपुरलाई शुक्रवार व्हीलचेअर लिफ्ट सहितको सवारी भ्यान उपलव्ध गराइएको हो। इन्डिपेन्डेन्ट लिभिङ सेन्टर ललितपुरका अध्यक्ष तथा अपाङ मानवअधिकारकर्मी भोजराज श्रेष्ठले व्हीलचेअर लिफ्ट आफैले प्रयोग गरेर उदघाटन गरेका छन्।

अपाङकर्मीहरुको बाक्लो उपस्थितिमा ललितपुर महानगरपालिका वडा नंबर ३ धोविघाट स्थित इन्डिपेन्डेन्ट लिभिङ सेन्टर ललितपुरको कार्यालय परिसरमा व्हीलचेअर लिफ्ट सहितको सवारी भ्यानको शुभारम्भ भएको हो।

इन्डिपेन्डेन्ट लिभिङ सेन्टर ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठ तथा महासचिव कृष्ण गौतमले व्हीलचेअर लिफ्ट सहितको सवारी भ्यानलाई अति अशक्त अपाङ तथा व्हीलचेअर प्रयोगकर्ता अपाङहरुको सहजताको लागि प्रयोग गरिने भिजन संसार डटकमसंगको भिडियो वार्तामा वताएका छन्।

प्रकाशन मिति–२०७७ साल साउन २ गते शुक्रवार ।