काठमाडौ। गीतकार अतृप्त पाण्डेयको गीतिसङ्ग्रहको नामै अतृप्तज्योति रहेको छ। यो गजबको नामको गीतिसङ्ग्रहको विमोचन भएको छ।

वरिष्ठ चलचित्र निर्देशक एवम् प्रसिद्ध गीतकार चेतन कार्कीको प्रमुख आतिथ्यतामा यो गीतिसङ्ग्रहको विमोचन भएको हो। विमोचित उक्त गीति एल्बममा समाविष्ट गरिएका पाँच गीतहरूमा शब्द अतृप्त पाण्डेयकाछन् भने सङ्गीत एन.बि.जनकपुरीले दिएका छन्।

गायन गायक लोकप्रिय गायक सञ्जय खड्गी तथा गायिका मेलिना राईको रहेको छ। धेरै समयको अन्तराल पश्चात गायक खड्गीको गायनमा बजारमा आएको यो एल्बम बेजोड एल्बम नै बनेको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २५ गते मंगलवार ।