Sri Krishna Shresthaकाठमाडौ। नेपाली चलचित्र उद्योगको अत्यन्त लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठ नहुनुको तीन बर्ष पुगेको छ। गाईजात्राको अघिल्लो दिन वि.सं.२०७१ साल साउन २४ गते उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएका अभिनेता श्रेष्ठको आज तेश्रो बार्षिकी हुंदा पनि कसैले वास्ता गरिएको पाइएन।

पहिलो बार्षिकीको दिन स्थापना भएको श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान पनि गत दोश्रो बार्षिकी देखि मौन भएको हुंदा यो स्थिति आएको हो। बाँचुन्जेल सवैको हाइहाइ बनेका अभिनेता श्रेष्ठको निधन पश्चात यति चाँडै यति धेरै मान्छेहरुले विर्सेला भनेर नसोचेको सरोकारवालाहरुकै भनाई रहेको छ।

श्रीकृष्ण श्रेष्ठको तेश्रो बार्षिकीको दिनमा कम से कम श्रद्धाञ्जली सभा पनि राख्न नसक्ने चलचित्र कलाकार संघ लगायतका संघ–संस्थाहरुको आलोचना भएको छ। अकोतर्फ श्रीकृष्ण श्रेष्ठ पत्नी नायिका स्वेता खड्काले अघिल्लो बर्ष बार्षिकीमा आँशुका शव्द पोखेर सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली पोखेपनि यो बर्ष भने पोखेको पाइएन।

Photo Sketch by- Mr. Sundar Shrestha/Ideal Designers
प्रकाशन मिति–२०७४ साल साउन २४ गते मंगलवार ।