Roony UKलण्डन। बेलायतका चर्चित फुटबलर वायने रुनीले सामाजिक सेवा अन्तर्गत एउटा पार्कको बेञ्च रङरोगनको काम सुरु गरेका छन्। मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई जरिवानास्वरुप एक सय घण्टा सामाजिक काममा परिचालन गरिएको हो।

बेलायतको राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रुनीले सवारी चालकका लागि निर्धारित मापदण्डभन्दा तीन गुणा बढी मदिरा सेवन गरेर सवारी चलाएको अवस्थामा प्रहरीले फेला पारेको थियो। आफ्नो घरबाट करिब तीन माइलको दुरीमा रहेको एउटा पार्कको बेञ्च रङरोगनको काममा उनी खटिएको बताइएको छ।

रुनी हाल व्यावसायिक फुटबल क्लव इभर्टनबाट खेल्दै आएका छन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन् ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असोज २१ गते शनिवार ।