काठमाडौ। अनटाइटल प्रोजेक्टको लागि नायक दिनेश केसी चयन भएको पत्रकार सानुकाजी श्रेष्ठले बताएका छन्। पत्रकार श्रेष्ठका अनुसार उक्त अनटाइटल फिल्मका लागि नायक केसीले १० लाख पारिश्रमिक बुझेका छन्। दोलखा फिल्मस प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको चलचित्रमा अनुबन्ध भएबापत उक्त रकम नायक केसीले बुझेका हुन्।

Dinesh KCविसं.२०६७ सालदेखि यो रंगिन दुनियाँमा प्रवेश गरेका नायक केसीले बल्ल आएर एक राम्रो व्यानरमा जोडिने मौका पाएको बताए । दोलखा फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा स्वदेशी तथा विदेशी कलाकार रहने जनाएको छ।

करिब दुई दर्जन म्यूजिक भिडियोमा मोडलिङ गरेका दिनेशले आएमक्रेजि, दानव, नेपथ्य, वादशाह, खतरनाक, सिसा, निशाफ, झमेला, लाले लगायतका चलचित्रमा काम गरिसकेका छन् । बेल्जियम निवासी नेपालीले निर्माण गर्न लागेको चलचित्रमा दिनेशको शीर्ष भूमिका रहने छ।

चलचित्रको यूरोपका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिने बताईएको छ। थाइल्याण्डबाट सुटिङ सुरु हुने चलचित्रमा उनीसंग चार नायिकाले अनस्क्रीन रोमान्स गर्नेछन् भने चलचित्रमा एक लभर ब्वाईको भूमिका नायक दिनेश गर्ने भएका छन्। सस्पेन्स लभस्टोरी विषयवस्तु समेटिने चलचित्रमा दिनेशको केन्द्रिय भूमिका रहने छ भने हाल निर्माणपूर्वका सम्पूर्ण तयारी पूरा भैसकेको निर्माणपक्षले बताएका छन्।
प्रकाशन मिति–२०७४ साल साउन ९ गते सोमवार ।