काठमाडौं। सुपरस्टार अभिनेता भुवन केसी निर्मित नयाँ चलचित्र क्याप्टेनको पहिलो गीत रिलिज भएको छ। विहीवार आयोजित कार्यक्रममा सुपरस्टार अभिनेता केसीले सवैलाई बोलाएर भव्य रिलिज गरेका हुन्।

छोरो अनमोल केसीलाई हिरो बनाएर निर्माण गरेको चलचित्र क्याप्टेनको रिलिज गरिएको गीतको वोल नै रहर छ संगै रहेको छ। यस गीतमा अनमोल केसी र नव–नायिका उपासना सिंह ठकुरीको फिचरिङ रहेको छ।

अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शव्द तथा सुगम पोखरेल र अञ्जु पन्तको गायन रहेको छ। गीत हिमालपारिको जिल्ला मुस्ताङको सुन्दर लोकेशनमा छायाँकन गरिएको यस गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।

गाउंको एक युवाले फुटबल खेलमा गरेको संघर्षमा आधारित चलचित्र क्याप्टेन अनमोलकै चाहनामा चलचित्र निर्माण भएको निर्माता भुवन केसीले भिजन संसार डटकमलाई बताएका छन्। अनमोल केसी कुनै फुटबलर नभएतापनि यस चलचित्र क्याप्टेनका लागि भनेरै तीन महिना फुटबल खेलको तालिम लिएर अभिनय गरेको खुलासा भएको छ।

स्वभाविक अभिनयका धनी अभिनेता सरोज खनाल यस चलचित्रमा क्याप्टेनको प्रमुख रोलमा रहेको छ। दिवाकर भट्टराईको निर्देशन रहेको यस चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई तक्मे बूढा, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ। क्याप्टेनको रिलिज डेट भने फागुन १७ गतेका लागि तोकिएको छ।

प्रकाशन मिति–२०७५ साल मंसीर २८ गते शुक्रबार ।