काठमाडौ। कुनैबेला नेपालका सुपरस्टार भुवन केसीको जस्तो क्रेज थियो–त्यस्तै क्रेज यतिखेर भुवन सुपुत्र अनमोल केसीको रहेको छ। अनमोल केसीको एक छनक र दर्शनको लागि दिनभर प्रतीक्षा गर्ने देखि अनमोललाई भेट्न नपाएमा अनमोलको पुरानो बानेश्वर स्थित घर–ठेगानामा समेत गएर दिनभर मात्र नभइकन रातभर कुर्नपनि प्रतीक्षा गर्ने जिग्री फ्यानहरु देखिएको छ।

Anmol Fan Surksha & Kriti from Butwal

ती फ्यानहरु मध्येकी एक हुन्–सुरक्षा क्षेत्री। बुटवल बस्दादेखि अनमोल केसीका हालसम्म रिलिज भएका सवै फिल्म फस्ट–शो नै हेर्दैआएको बताउने सुरक्षाले अनमोल केसी अभिनित फिल्म अघि सात हिरोइनले एकसाथ अभिनय गरेको फिल्म इन्द्रेणी मात्र हेरेको भनेकी छन्।

अनमोल केसी अभिनित होस्टेल, जेरी, ड्रिम्स, गाजलु लगायतका फिल्म हेरेरै उनको डाइहार्ट फ्यान बनेको सुरक्षाले बताएकी छन्। काठमाडौको कमलपोखरी स्थित कुमारी हलमा भएको अनमोल अभिनित फिल्म कृ को रेड कार्पेट–शो हेर्न आइपुगेकी सुरक्षा क्षेत्रीको साथमा आएकी बुटवलकै कृति न्यौपाने पनि अनमोलको डाइहार्ट फ्यान भएको बताउन चुकिनन्।

अनमोलको डाइहार्ट फ्यान आफूहरु हुनुको कारण उनको अभिनय नै हो भनेकी छन्। उनको हाउभाउ तथा अभिनयले नै डाइहार्ट फ्यान बनेको र उनको एक झल्को पाउनको लागि दुईघण्टा अगाडि देखि कुमारी हलमा प्रतीक्षा गरेर बसेको उनीहरुले भनेका छन्। अपरान्ह ४ बजे कुमारी हल आउने भनिएतापनि अनमोल केसी साँझ ६ः१५ बजेतिर मात्र कुमारी हलमा पुग्दा पनि उनीहरु हातमा रातो गुलाफ लिएर अनमोलको प्रतीक्षामा देखिएका थिए।

अनमोल आएपछि सुरक्षा तथा कृति जस्ती सयौंको भीड नै लागेको थियो। अनमोलसंग सेल्फी खिच्ने देखि उनीसंग हग गर्न पाउंदा हर्षले खुशीको आँशु चुहाएर रुवाबासी गर्नेहरुको पनि कुनै कमी देखिएन। अनमोलको यति धेरै फ्यान हुनु र फ्यान फ्लोवरहरुको यति धेरै भीड हुनुको कारणमा अनमोल पिता सुपरस्टार भुवन केसीले अनमोलको यस क्षेत्रप्रतिको डेडिकेसन तथा चुजी भएर फिल्म खेल्नु नै हो भनेका छन्।

शुक्रबारवाट अलनेपाल रिलिज भएको फिल्म कृ अनमोल अभिनित पछिल्लो फिल्म हो।


तस्वीर सौजन्य–लक्ष्मीकुमारी श्रेष्ठ
प्रकाशन मिति–२०७४ साल माघ २८ गते आइतवार