काठमाडौ। नेपालका सुपर स्टार हिरो भुवन केसीका चर्चाको शिखरमा रहेका सुपुत्र हिरो अनमोल केसी अभिनित पछिल्लो फिल्म कृ मा अभिनय गरेर चर्चामा आएकी हिरोइन अदिती बुढाथोकी हुन्।

अदिती नेपालमा भन्दा बढी भारतको बलिउडमा बसेर त्यहाँको फिल्म इण्डष्ट्रीमा संघर्षरत रहेकी छन्। राम्रो संभावना वोकेकी मल्टी ट्यालेन्टेट हिरोइनको रुपमा लिएकी अदिती गर्मी छल्न थाइल्याण्डको बैंकक पुगेकी छन्।

त्यहाँ पुगेर अदितीले मज्जाले स्वीमिङ गर्न स्वीमिङ पुलमा बिकनीमा खिचेका ग्ल्यामर फोटोहरु आफ्नो सामाजिक सञ्जाल इस्टाग्राम मार्फत सार्वजनिक गरेकी छन्।

केही समययता अदितीले पञ्जावी गीतका म्युजिक भिडियोमा अभिनय जारी राखेकी छन्। मुम्बईमा बसेर फिल्म र अभिनय अध्ययनमा अदिती हाल व्यस्त रहेकी छन्।


प्रकाशन मिति–२०७५ साल जेठ १० गते विहीवार ।