–नारायण लिङखा देवान
ललितपुर । रगत तथा रक्ततत्वको अभावालई पूर्ति गर्नका लागि बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित लगनखेल चोकमा बृहत रक्तदान कार्यक्रम संपन्न भएको हो।

अनवरत रक्तदान केन्द्र नेपालको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरुले स्वतःस्फूर्त ढंगवाट रक्तदान गरेर महादान गर्ने कार्य गरेका थिए। ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यता तथा अनुगमनमा आयोजित बृहत रक्तदान कार्यक्रममा सोमवार विहान १० बजेदेखि अपरान्ह २ बजेसम्म भएको थियो।

आयोजक अनवरत रक्तदान केन्द्र नेपालका अध्यक्ष कृष्णप्रसाद सञ्जेलको सभाध्यक्षमा सम्पन बृहत रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी,ललितपुर जिल्ला शाखा सभापति बाबुराजा महर्जन,अतिथि सामुदायिक बहुउदेशीय सहकारी संस्थाकाअध्यक्ष खोम प्रसाद घिमिरे र अनवरत रक्तदान केन्द्रीय पदाधिकारी तथा सदस्यहरु ,युवा क्लव–५ का पदाधिकारीहरु, नेपाल रेडक्रस का स्वास्थ्यकर्मीहरु लगायतको विशेष उपस्थिति रहेको थियो।

रक्तदाताहरुलाई प्रमुख अतिथि लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले प्रमाण–पत्र वितरण गर्दै रक्तदानको महत्व र यसको आवश्यकतामाथि प्रकाश पारेका थिए।

प्रकाशन मिति–२०७८ साल चैत ७ गते सोमवार ।