Dr. Gobinda KCकाठमाडौ। नेपालको चिकित्साक्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग माग गर्दै टिचिङ अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको रक्तचापमा असन्तुलन हुने समस्या धेरै नै देखिएको छ। उनको सिस्टोलिक रक्तचापमा उतारचढाव हुने समस्या एकदमै बढेको छ। सामान्यतयाः सिस्टोलिक ब्लडप्रेसर १२० हुनुपर्नेमा डाक्टर केसीको कहिले घट्ने र कहिले बढ्ने भइरहेको छ।

बुधबार विभिन्न समयमा मापन गर्दा उनको रक्तचाप ७० देखि बढेर १९० सम्म पुगेको थियो, जसलाई खतरा मानिन्छ। उपचारमा संलग्न चिकित्सक दिव्यासिंह शाहद्वारा जारी बुलेटिनअनुसार डा. केसीको ब्लडप्रेसर तलमाथि हुने समस्या छ। छाती दुख्ने र धड्कन बढ्ने घट्ने क्रम पनि अत्यधिक छ।
प्रकाशन मिति–२०७३ साल साउन ६ गते विहीवार।