काठमाडौं। पावर, पद र पैसा यी तीन कुराले मानिसलाई महत्वाकांक्षी वनाउने गर्दछ। यही तीन कुरा नै सतरञ्ज जित्ने प्रमुख आधार पनि हो। यही कुरालाई इंगित गरेको विलकुलै व्यावसायिक नेपाली कथानक चलचित्र सतरञ्जको ट्रेलर सार्वजनिक गरिएको छ।

नेपाली चलचित्र उद्योगका ख्यातिप्राप्त फाइट निर्देशक एन.बी. महर्जनको निर्देशन तथा महर्जन टीमको निर्माण रहेको यस चलचित्रको संपूर्ण पोष्ट प्रोडक्सनका कार्य संपन्न भैसकेको छ। कोरोना कहरको कारण जारी लकडाउन खुलेपश्चात सामान्य स्थिति आउनासाथ रिलिज डेट कुरिरहेको चलचित्र सतरञ्ज व्यावसायिक चलचित्रको नयाँ स्वाद हुने निर्माण पक्षको दावी रहेको छ।

मौनता श्रेष्ठको बुलन्द लेखन रहेको यस चलचित्रमा सम्पदा बाँनिया, दिवस धिताल, सुशील पोखरेल, ध्रुव कोइराला, विशाल पहाडी, गोकुल सुवेदी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिंग्देल, सोनी बीसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जी लगायतका कलाकारहरुका साथमा विशेष भूमिका ख्यातिप्राप्त अभिनेत्री अनिता केसीको रहेको छ।

छायाँकन प्रज्ज्वल राउत र गोकुलले गरेका छन्। फाइट डाइरेक्सन शंकर महर्जनको रहेको छ। सम्पादन सुबाष देवकोटाले गरेका हुन्।

प्रकाशन मिति–२०७७ साल भाद्र २० गते शनिवार ।