काठमाडौं। नेपालमा पनि वेभसिरिज चलचित्र प्रदर्शन शुरुभएको छ। कोभिड–१९ लगायतका कहरमा घरैमा बसेर मज्जाले जहाँजतावाट पनि आफूलाई अनुकुल मिल्ने समयमा हेर्न पाउने वेभसिरिज चलचित्र प्रदर्शन शुरु भएको हो।

अनलाइन युट्युब च्यानल मार्फत प्रदर्शनमा आएको महत्वाकाँक्षी नेपाली वेभसिरिज चलचित्रमा सतरञ्ज यतिखेर चर्चाको विषय बनेको छ। यो हप्ता पहिलो भाग प्रदर्शनमा आएको वेभसिरिज चलचित्र सतरञ्जमा विशेषत् पावर, पद र पैसालाई विषय बनाएको छ। यी तीन कुराले मानिसलाई महत्वाकांक्षी वनाउने गर्दछ भन्ने कुरालाई उजागर गर्न खोजेको सतरञ्जको मूलआशय देखिएको छ।

पहिलो भाग नै रहस्यमय देखिएको सतरञ्जमा अब्बल दर्जाकी नायिका अनिता केसीले स्वभाव विपरितको नेगेटिभ रोल गरेकी छन्। कडक मिजासकी जेठानीको भूमिकामा देखिएकी अनिता केसी कथाले मागेअनुरुपको अभिनय गरेको तथा देउरानी बनेकी नायिका सम्पदा बानियाँलाई शुटिङ पछि जहिले पनि मेरो स्वभाव विपरितको अभिनयमा बहिनीलाई दुःख दिनु पर्यो भनेर ‘सरी‘ भन्ने गरेको शुटिङका ती दिनका कुरा पनि अनिता केसीले भिजन संसार डटकम मार्फत खुलासा गरेकी छन्।

नेपाली चलचित्र उद्योगका ख्यातिप्राप्त फाइट निर्देशक एनबी महर्जनको निर्देशन तथा महर्जन टीम गोकुल सुवेदीको निर्माण रहेको छ। मौनता श्रेष्ठको बुलन्द लेखन रहेको यस वेभसिरिज चलचित्रमा अनिता केसी र सम्पदा बाँनिया वाहेक दिवस धिताल, सुशील पोखरेल, ध्रुव कोइराला, विशाल पहाडी, गोकुल सुवेदी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिंग्देल, सोनी बीसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जी लगायतका कलाकारहरुको अभिनय रहेको छ। एक पछि अर्को हप्ता रहस्य तथा रोमाञ्चकताले भरिएको कथावस्तु सतरञ्जमा देखिने निर्माण टिमले भनेको छ।

प्रकाशन मिति–२०७८ साल फागुन २६ गते विहीवार ।