ललितपुर । जात्राको चित्रको अध्यारो पक्षमा उज्यालो खोज्ने अनुसन्धानविद कलाकार अजय देशारको एकल चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ। आइतवारवाट कलाकार देशारको एकल चित्रकला पाटन संग्रहालयमा प्रदर्शनी प्रारम्भ भएको हो।

प्रदर्शनीको नाम “एलौरिङ डिभाइन” राखिएको छ। पाटन संग्रहालय तथा योङ पिकासोद्धारा संयुक्त रुपमा आयोजनामा उक्त प्रदर्शनी भैरहेको हो। अमूर्त सम्पदा जात्रा तथा संस्कृतिसँग सम्बन्धित हालसम्म चित्रमा नउतारिएका विषयलाई कलाकार देशारले आफ्ना चित्रको मुख्य विषयबस्तु बनाएका छन्।

दुई दशकदेखि चित्रकलामा सक्रिय कलाकार देशारको यो आठौं एकल चित्रकला प्रदर्शनी हो। आगामी फागुन ५ गतेसम्म कलाकार देशारको चित्रकला प्रदर्शनी चल्ने भएको छ। प्रदर्शनीमा २० वटा अमूर्त सम्पदाका गजबका चित्रहरु राखिएका छन् ।

प्रकाशन मिति–२०७५ साल माघ २२ गते मंगलवार ।