काठमाडौं। गायक युवराज कार्कीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको गीतको वोल नै पिलाएपछि रहेको छ।

गीतमा ‘बोल माया’ र ‘गलबन्दी’जस्ता गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अन्जली अधिकारीको अभिनय रहेको छ। गलबन्दी गर्ल अन्जली अधिकारीले पिलाएपछिको अवस्था यस गीतको भिडियोमा हेर्न सकिन्छ।

युवराजकै शब्द र संगीत रहेको गीतको भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्स लगायत फिचर्ड छन्। विशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। सम्पादन मिलन विश्वकर्माको छ। गीतको भिडियो कोरियोग्राफी एवम् निर्देशन विक्रम चौहानले गरेका छन्।

प्रकाशन मिति–२०७६ साल असोज १ गते बुधवार ।