काठमाडौ। नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो उदघाटन गरेर त्यसको बडा अभिरुचिपूर्वक अवलोकन गरेका छन्। काठमाडौको भृकुटीमण्डपमा आयोजित फोटोग्राफी एक्स्पोको आयोजना नेपाल फोटोपत्रकार समूहले गरेको हो।

शुक्रबारवाट तीनदिनसम्म चल्ने एक्सपोमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ७० वटाजति स्टल रहेको छ। एक्स्पो अवलोकन भ्रमणका क्रममा उपराष्ट्रपति पुन नेपालका ख्यातिप्राप्त फोटोग्राफर तथा सीबी माउन्ट एण्ड फ्रेमिङ सेन्टरका म्यानेजिङ डाइरेक्टर च्याङ्बा लामाको फ्रेमिङ स्टलमा पुग्दा चकित नै बने।

च्याङ्बा लामाको फ्रेमिङ कंपनीले अन्तरराष्ट्रिय स्तरका गजब गजबका फोटो फ्रेम उत्पादन गरेर देश–विदेशमा ख्याति कमाएको थाहा पाएका उपराष्ट्रपति पुनले अत्यन्त खुशी बनेर च्याङ्बा लामालाई बधाई तथा शुभकामना दिएका थिए।

साथमा च्याङ्बाको फ्रेमिङ स्टलमा पुगेका नेपालका रक्षा मन्त्री भीमसेनदास प्रधानले पनि च्याङ्बा लामाको फोटोग्राफी र फ्रेमिङ कंपनीको तारिफ गरेका थिए। सवैको तारिफ पाएका च्याङ्बा लामाको स्टल एक्स्पोको अत्यन्त आकर्षक स्टलको रुपमा नै सवैले मानेको छ।

उक्त स्टलमा पुग्ने सवैले गजब गजबका मनमोहक चित्ताकर्षक फ्रेम तथा फोटा देखेपछि वाह भन्ने गरेका छन्।


प्रकाशन मिति–२०७४ साल माघ १९ गते शुक्रबार ।