Bijeshwori Mahilaकाठमाडौ। श्रमिक महिला हक–हित तथा अधिकारको लागि हरेक बर्ष मनाइदैआएको अन्तराष्ट्रिय श्रमिक नारी दिवश मंगलवार नेपालमा पनि विविध कार्यक्रम सहित मनाइएको छ। विशेषत नेपाली महिला पुरुषको तुलनामा पछि पर्नुमा नेपाली पुरातन सामाजिक संरचना जिम्मेवार रहेको प्राय कार्यक्रममा वक्ताहरुको टिप्पणी रहेको छ। त्यस संरचनालाई भत्काएर पुरुष सरह सम्मान र स्थान पाउनको लागि नारी स्वयम् कम्मर कसेर लाग्नुपर्ने धारणा प्रस्तुत गरिएको पाइएको छ।

Bijeshwori Mahila Jagarna Samiti 2

काठमाडौको स्वयम्भु–विजेश्वरीमा विजेश्वरी महिला जागरण समितिले १०६ औं अन्तरराष्ट्रिय श्रमिक नारी दिवशको अवसरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तै टिप्पणी तथा धारणा व्यक्त गरिएको पाइएको छ। आयोजक विजेश्वरी महिला जागरण समितिकी अध्यक्ष विमला थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा अधिकाँश वक्ताहरुले नेपाली महिलाहरुको बर्तमान समस्या र त्यसको समाधानको बारेमा नै बढी जोड दिएको पाइएको छ।

Bijeshwori Mahila Jagarna Samiti 3

कार्यक्रममा महिला सामाजिक अगुवा मनदेवी भट्ट देखि पूर्ववडाध्यक्ष ईश्वरमान डंगोल लगायतको सहभागिता रहेको थियो। सामाजिक अगुवा सुनिता कायस्थको उदघोषणमा भएको छलफल तथा अन्तरक्रियामा स्थानिय महिला दिदीबहिनीहरुको व्यापक सहभागिता रहेको थियो। सामाजिक अगुवा कायस्थले कार्यक्रम संचालनको क्रममा महिला दिदीबहिनीहरु घरको चुल्होचौकोवाट अझैपनि माथि उठ्न नसकेको र उनीहरुमा सामाजिक चेतनाको अभाव रहेको कुरामा जोड दिएकी थिइन्।

Bijeshwori Mahila 1

कार्यक्रम पश्चात स्थानिय सामाजिक अगुवा तथा चलचित्र अंशबण्डा तथा ग्रीनकार्डकी निर्मात्री मन्जु रानामगरले भिजन संसारसंगको संक्षिप्त कुराकानीमा नारीको शत्रु नारी नै भएकोले नारीहरुले शत्रुको रुपमा व्यवहार नगरिकन मित्रवत व्यवहार गरेर जान सकेमा मात्र नारी विकास हुने कुरामा जोड दिएकी छन्।

आयोजक विजेश्वरी महिला जागरण समितिकी अध्यक्ष विमला थापाले महिला हक, हित तथा अधिकारको लागि स्थानियरुपमा नै आफ्नो संस्था कटिवद्धरुपमा लागिपर्दैआएको बताएकी छन्। त्यसको लागि महिलाहरुको सर्वाङ्गिन विकासको लागि संस्थाले विविध कार्ययोजना गर्ने क्रममा आफूहरु क्रियाशील भैरहेको समेत अध्यक्ष थापाले भनेकी छन्।
प्रकाशन मिति–२०७२ साल फागुन २५ गते मंगलवार ।