कवि तथा साहित्यकार प्रज्ज्वल घिमिरेका कविता साहित्यमा मार्मिकता तथा यथार्थता पाइन्छ। कवि घिमिरेको कवितामा वास्तविकताको धरातल हुने गरेको हो।

त्यसको अलावा अन द स्पट कविता लेख्न सक्ने खुबी राख्ने कवि तथा साहित्यकार घिमिरेले तीन दशक लामो साहित्य यात्रामा हजारौं कविता रचना गरिसकेका छन्। निकट भविष्यमा कविता संग्रह निकाल्ने तर्खरमा रहेका कवि साहित्यकार घिमिरे प्रखर लेखक तथा पत्रकार पनि हुन।

हिन्दू साप्ताहिकवाट तीन दशकअघिवाट पत्रकारिता शुरु गरेका कवि तथा साहित्यकार घिमिरे हाल नामी साप्ताहिकमा आवद्ध छन्। नामी साप्ताहिकमा सल्लाहकार सम्पादकका रुपमा कार्यरत छन्।

प्रकाशन मिति–२०७९ साल असोज २ गते आइतवार ।