काठमाडौ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांडले ७५ सदस्यिय निर्बाचन परिचालन समिति गठन गरेको छ।

जसमा नेपालका अर्बपती प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस भएका नेकपा एमालेका पूर्वसांसद बिनोद चौधरी देखि अपाङ्गता आन्दोलनका अभियन्ता,२०६३–६३ को जन आन्दोलनका अपाङ्गता कमाण्डर एबं राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघका केन्द्रीय अध्यक्ष अपाङ्गता भएका ब्यक्तिहरुको राजनितिक अधिकार संबिधानमा नै संबोधन गराउन सफल अपाङअधिकारकर्मी, नेपाली कांग्रेसका महासमिति सदस्य व्हीलचियर प्रयोगकर्ता भोजराज श्रेष्ठ समेत सदस्य रहेका छ्न्।

नेपाली कांग्रेसले संघीय गणतन्त्र नेपालको पहिलो आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फ सिफारिसमा परेका श्रेष्ठलाई अन्तिम चरणमा हटाइएको थियो। यसअघि पनि यसरी नै विभिन्न चुनावमा त्यसरी नै आशा देखाएर अन्तमा हटाउने नेपाली कांग्रेसका ती नेताहरुको विरोध गर्ने पक्षमा भन्दा उनीहरुकै जय होस् भन्ने पक्षमा श्रेष्ठ रहेका छन्।

एकदिन त अवश्य आफू अपाङहरुको पनि पालो आउनेछ भन्ने आशामा श्रेष्ठ छन्। समानुपातिकवाट हटाइएतापनि निर्वाचन परिचालन समितिमा राखेकोमा सवैलाई धन्यवाद भन्न चुक्दैनन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक २२ गते बुधवार ।