काठमाडौ। नेपाल अपाङगता पुनस्थापना केन्द्रले अपाङगता भएकाहरुको लागि आवास भवन बनाउने भएको छ। विहीबार काठमाडौको तारकेश्वर नगरपालीका ६ बस्नेतटारमा बन्ने भवनको शिलान्यास भएको हो।

बिष्णु प्रसाद आचार्यको सभापति भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री भीमसेनदास प्रधान, बिशेष अतिथिहरू प्रदेशसभा सदस्य प्रभात लामा, तारेकश्वर नगरपालीकाका मेयर रामेश्वर वोहरा, काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे ,नेपालमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका कोरियाली डा.किमले भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

पुनस्थापना केन्द्रले भवन निर्माणपछि धेरै अपाङगता भएका व्यक्तिहरुलाई संरक्षका अलावा शिक्षा, स्वास्थ्य, तालिम, रोजगारलगायतका व्यवस्था मिलाईने संस्थाका अध्यक्ष विष्णप्रसाद आचार्यले बताए। कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश घिमिरेले स्वागत मन्तव्य राखेका थिए।

शिलान्यास कार्यक्रममा सामाजिक श्रेत्रमा लामो समयदेखि क्रियाशील विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । पुनस्थापना केन्द्रले सामाजीक सस्था स्वर्गीय धनकुमारी प्रतिष्ठानका संरक्षकहरु रामचन्द्र घिमिरे र पार्वती घिमीरेलाई सम्मान गरेको हो।

यस्तै कोरियाली डा किम, अक्कल समाजसेवीहरु अक्कल तामाङ, समाजसेवी राजु भट्ट, रामबहादुर थापा पनि सम्मानीत बनेका छन् । कार्यक्रममा नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका सदस्य भरत गौतम, मुलुकमा पहिलोपटक निजी श्रेत्रबाट बिद्युत उत्पादन गर्ने संस्थाका कृष्णप्रसाद भण्डारी, राजा वीरेन्द्र प्रतिष्ठानका अध्यक्ष शिवहरी खनाल, समाजसेवी राजु भट्ट, तारकेश्वर नगरपालीका ६ का वडा अध्यक्ष मधुकार्कीलगायतको सहभागीता रहेको थियो।

प्रकाशन मिति–२०७४ साल माघ ५ गते शुक्रबार ।