काठमाडौं। काठमाडौंको चावहिल–जोरपाटी सडक निर्माणका क्रममा अपाङमैत्री संरचना निर्माण नभएपछि त्यसको विरोध भएको छ। अपाङ्गमैत्री संरचना निर्माण संघर्ष समिति–गोकर्णेश्वर र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको संयुक्त टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई निर्माणस्थलमै बोलाएर विरोध गरे।

निर्माणस्थलको निरीक्षण पछि मन्त्री महासेठले सडक विभागका महानिर्देशक तथा निर्देशकहरुलाई सडक निर्माण गर्दा अपांगता भएकाहरुको लागि ह्वीलचेयर हिँड्न सक्ने बाटो र दृष्टिबिहीनहरु समेत सहजै हिँड्न सक्ने बाटो निर्माण गर्न निर्देशन दिने कार्य भएको छ। मन्त्रीको निर्देशन कतिको पालना हुने हो या होइन? त्यो त भोलिका दिनमा थाहा हुने नै छ।

सो अभियानमा संघर्ष समितिका सदस्य ऋषि ढकाल र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठ, महासचिव कृष्ण गौतम लगायतको टोली सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७५ साल फागुन २३ गते विहीवार ।