ललितपुर। अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धि तथा सशक्तिकरण कार्यक्रम संपन्न भएको छ। अपाङ्ग मानव अधिकार तथा अपाङ्ग पैरबीको लागि अग्रणी संस्था स्वावलम्वन जीवन पद्धति केन्द्र ललितपुरको आयोजना तथा ललितपुर महानगरपालिकाको सहयोगमा संपन्न भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर १० मा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका क्षमता अभिबृद्धि तथा सशक्तिकरणका संवन्धमा स्थानीय निकाय, विभिन्न संघ–संस्था लगायतलाई विशेष जानकारी दिने कार्य भएको थियो।

आयोजक स्वावलम्वन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष तथा अपाङ्ग मानवअधिकारकर्मी भोजराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ललितपुर महानगरपालिका वडा नंबर १० की महिला सदस्य शोभा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

अपाङ्ग अधिकारकर्मी उदय लिम्बुले स्वागत भाषण गरेको कार्यक्रममा स्वावलम्वन जीवन पद्धति केन्द्र ललितपुरकी गीता लिम्बुले अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि स्वावलम्वन जीवन पद्धति अवधारणा संवन्धमा प्रशिक्षण दिने कार्य भएको थियो।

जसमा अपाङ्गता संवन्धी बुझाई, अपाङ्गता अधिकार संवन्धी ऐन २०७४ र महासन्धी २००६ को परिभाषा, नेपालमा अपाङ्गताको बर्गिकरण, अपाङ्गताको तह निर्धारण, जीवन विकासका अवरोधहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ऐन कानून, नेपालमा अपाङ्गता आन्दोलनको अवस्था, नेपालमा इन्डिपेन्डेन्ट लिभिङ अवधारण लगायतका सिकाई रहेको थियो। कार्यक्रमको संचालन सदन पण्डितवाट भएको थियो।
प्रकाशन मिति–२०७६ साल असार १ गते आइतवार ।