काठमाडौं। अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतमले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्वन जीवन पद्धति अर्थात इन्डिपेन्डेन्ट लिभिङ अवधारणा ल्याउने कार्यमा ठूलै मेहनत र योगदान दिएका छन्। इन्डिपेन्डेन्ट लिभिङ अवधारणाका पायोनियर कृष्ण गौतमकै अथक प्रयासका कारण नेपालमा इन्डिपेन्डेन्ट लिभिङ अवधारणाले मूर्तता पाएको हो।

समुदायमा रहेका सवैप्रकारका र तह–तप्काका अपाङ्गता भएकाहरु व्यक्तिहरुलाई संगठित गर्ने, सशक्तिकरण गर्ने, उनीहरुको स्वाबलम्वन जीवन पद्धतिका लागि अवधारणामा आधारिकत सेवा सुविधा प्रदान गर्दै नेपालको अपाङ्ग आन्दोलनमा कोषेढुंगाको रुपमा यस अवधारणालाई स्थापित गर्न र गराउन व्यापक पैरबी र पहल गर्ने कार्य अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतमवाट भएको छ। अपाङ्गता भएकाव्यक्तिहरुको स्वावलम्बनजीवनपद्धतिकालागि सहायक सामाग्री र प्रविधिको उपलब्धता, व्यक्तिगत सहयोगी सेवाको उपलब्धता, पहुँचयुक्तता, जीवननृवितिभरण, हाउजिंग एण्ड एकोमोडेसन, समुदायमा नै स्थापित हुनु पर्ने सवालहरु कृष्ण गौतमले नै उजागर गरेका महत्वपूर्ण सवालहरु हुन् ।

यी सवालहरु आज नेपालको संविधान, महासन्धी, ऐन, नियमावली र नीतिनिर्देशिकाले क्रमशः संवोधन हुंदै गईरहेको दावी अपाङ्गता अधिकारकर्मी कृष्ण गौतमको रहेको छ। यद्यपि, यी सवालहरुलाई राष्ट्रिय सवाल बनाउन अझ थुप्रै समय खर्चनु पर्ने आवश्यक रहेको वताउने अपाङ्ग अधिकारकर्मी कृष्ण गौतम समुदायमा रहेका पूर्णअशक्त, अतिअशक्त, बहुअपाङ्गता, बौद्धिकअपङ्गता, श्रवण दृष्टिविहिन, मनोसामाजिक–अपाङ्गता भएका व्यक्तिहरु स्वयम् नेतृत्वमा नआएसम्म अपाङ्गता क्षेत्रमा आमूल परिवर्तन नहुने विचार पोख्ने अपाङ्गता अधिकारकर्मी कृष्ण गौतम उनीहरुको क्षमताअभिबृद्धि, सशक्तिकरण र संगठनविस्तारका लागि अहोरात्रलागि रहेका छन्।
समुदायमा स्वाबलम्बी र मर्यादित जीवनयापनकालागि नेपालका तीनै तहका सरकारले सहयोग संयन्त्रबनाई अपाङ्गता अनुकुल सहायक सामाग्री र प्रविधिको उपलब्धता, २४ सै घण्टाव्यक्तिगत सहयोगी सेवाको व्यवस्था, पहुँचयुक्तता, सामान्यजीवनयापनधान्न सक्ने सम्मको जीवननृवृतिभरण, सामाजिक सुरक्षा, समुदायमा घर–आवासमा सहयोग हुन जरुरी भएको जिकिर अपाङ्ग अधिकारकर्मी कृष्ण गौतमको रहेको छ। बाँकी अधिकार स्वयम् अपाङ्गताभएका व्यक्तिहरुले आफै लडेर लिन सक्ने स्वाबलम्वन जीवन पद्धति केन्द्र ललितपुरका महासचिव भएर हाल अपाङ्गताका सवालमा व्यापक पैरबी गर्दैआएका अपाङ्गता अधिकारकर्मी कृष्ण गौतमगौतमको विस्वास रहेको छ।।

वि.स.२०३५ सालमा रुकुमजिल्लाको विकटगाँउ मग्माबाँफीकोटमा बुवा काशीराम जैसी गौतम र आमा सुशिला जैसी गौतमका जेष्ठ सन्तानका रुपमा जन्मिएका कृष्णगौतमको आगामनले परिवारमा हर्ष र उमंग छाएको थियो । नौ महिनाबाटै टुकुटुकु हिड्न शुरु गरेका कृष्णगौतम आफ्ना आमाबुवाको औला समाएर पानी पधेरो गर्दा गर्दै एक रातको विरामीले २ बर्षको हुँदानहुँदै पोलियोको कारण शारीरिक रुपमा दुवै खुट्टामा अशक्तता आयो ।

त्यो बेला औषधीउपचारको त कल्पनै गर्न सकिदैनथ्यो। धामीझाँक्री, पूजापाठ, मठमन्दिर धाँउदानी केही सीप नलागे पछि विछिप्तभएका गौतमका बुवाआमा परिवार सहित पुरख्यौली गाउँठाँउ सधैँका लागि छाडेर रुकुमवाट तराई झरेका थिए। वि.स. २०३७ को देशकाजनमत संग्रहको बेला बाँकेको कोहलपुर वडा नंं. १ कौशिल्यानगरमा सुकुम्बासीका रुपमा जीवन सुरुवात गरेका थिए।

कृष्ण गौतमको बाल्यकाल अभाव, उत्पीडन, उपेक्षा र दयनीय अवस्थाबाट गुज्रिएको थियो। यो अवस्था देवी देवताको कारण, पूर्व जन्ममा पाप गरेको कारणले भएको भन्ने लान्छना लागिरहेको बेला स्थानिय समाज सेवी श्रीभुवन गौतमको उत्प्रेरणा र सहयोगबाट वि.सं. २०४३ सालतिर रामजानकी स्कूलमा कृष्ण गौतम भर्ना भएका थिए। विद्यालयका संस्थापक श्रीनारायणप्रसाद सिग्देलको साथ सहयोगले वि.स. २०५३ सालमा राम्रो नतिजा सहित एसएलसी परीक्षा उत्तिर्ण गरेका कृष्ण गौतमको यो जीवनको पहिलो सफलता थियो।

चरम गरीवी, अभाव त्यसमा पनि सहायक सामाग्री नहुनु र पहुँचयुक्तभौतिक संरचनानभएको कारण विभिन्न कठिनाइ र उल्झनझेल्दै बाल्यकाल साथी–संगी, घर परिवार र गुरुजनको सहयोगले पूरा गरेको वताउने कृष्ण गौतमले कक्षा ८ मा पढ्ने बेला पहिलोपटक भारतको लखनौबाट हातले चलाउने ट्राईसाइकल प्राप्तगर्न सफल बनेका थिए। यो सहायक सामाग्रीले कृष्ण गौतमको जीवनमा थोरै भएपनि स्वतन्त्रताको अनुभव दिलाएको थियो । क्रमशः गाँउमा इज्जत–मानप्रतिष्ठा बढ्न थाल्यो। सवै साथीभाई उच्चशिक्षाको सिलसिलामा राम्रो ठाँउगई अध्ययन सुरु गर्दै गर्दा कृष्ण गौतम कोहलपुरमा भर्खरै मात्र स्थापनाभएको बागेश्वरी बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरेको वताएका छन्।

वि.सं. २०५५ सालमा क्याम्पसका केही साथीहरु र कोहलपुरमा रहेका शारीरिक अपाङ्गताभएका व्यक्तिहरुलाई समेटी यस क्षेत्रमा पहिलो स्वावलम्बी संस्था अपाङ्ग नवजीवन केन्द्र बाँके नामक संस्था स्थापना गरी त्यस क्षेत्रमा रहेका अपाङगता भएकाव्यक्तिहरुको हकअधिकारका लागि कार्यको शुभारम्भ गर्ने कार्य कृष्ण गौतमवाटै भएको हो। घरमा ८,९ र १० का विध्यार्थीहरुलाई ट्युसन, नजिकैको विद्यालयमा अध्यापन गर्ने कार्य पनि कृष्ण गौतमले गरेको वताएका छन्। त्यसको अलावा गाँउमा सामुदायिक विद्यालय स्थापना गर्नपनि सक्रिय योगदान दिएका थिए।

विं.सं. २०५७ सालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पहिलो पटक कोहलपुरमा क्षेत्रीय कार्यालय स्थापना गरेको थियो । उक्त क्षेत्रीय कार्यालयको पहिलो क्षेत्रीय अध्यक्ष, सि.वि.आर नेशनल नेटवर्कमा अपाङ्गताको तर्फबाट पहिलो सदस्यभएर सन् २००४ मायनोावा फाउन्डेसनको सहयोगमा डस्कीनलिडरसीप ट्रेनिङ जापानका लागि नेपालबाट एक बर्षका लागि छनौट भएर कृष्ण गौतम पहिलो पल्ट जापान पुगेका थिए।

समाजमा रहेका पूर्णअशक्त र अतिअशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई आफूले चाहेको समुदायमा, रोजेको व्यक्तिसँग सोचेको जीवनयापन गर्न पाउने अवधारणा इन्डिपेन्डेन्ट लिभिङ अवधारणा अध्ययन गरी सन् २००६ मा अपाङ्गता भएकाव्यक्तिहरुका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र काठमाडौंको स्थापना गरी यस अवधारणाको विकास र प्रवद्र्धनमा अनवरत लागेका थिए ।

समुदायमा रहेका सवै प्रकारका र तहकाअपाङ्गता भएका व्यक्तिहरुलाई संगठित गर्ने, सशक्तिकरण गर्ने, उनीहरुको स्वावलम्बन जीवनपद्धतिका लागि अवधारणामा आधारित सेवा –सुविधाप्रदानगर्दै नेपालको अपाङ्गता आन्दोलनमा कोषेढुंगााको रुपमा यस अवधारणालाई स्थापित गर्ने कार्यमा कृष्ण गौतमको अह्म भूमिका रहेको छ।
इन्डिपेन्डेन्ट लिभिङ अवधारणाका प्रणेता कृष्णगौतमले विं.सं. २०५८ सालमा बैबाहिकजीवनको सुरुवात गरेका थिए। अपाङ्गताभएका व्यक्तिहरुले विहेवारी र घरजमगर्न सक्दैनन भन्ने तत्कालिन मानसिकतालाई परिवर्तन गर्न सफल अपाङ्ग मानवअधिकारकर्मी कृष्ण गौतम एक छोरी र एक छोरा सहित ललितपुरको कुपण्डोल ज्वागलमा स्वाबलम्बी जीवनयापन गर्दैरहेका छन्।

अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतमको अपाङ्गता आन्दोलनमा अग्रता मानवअधिकारकर्मी कृष्ण गौतम हाल राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय सचिवालय सदस्य, राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपालको संघीय सदस्य, स्वाबलम्बन जीवनपद्धति केन्द्र ललितपुरका महासचिव, अपाङ्गताभएका व्यक्तिहरुको राष्ट्रिय निर्देशन समितिका सदस्य, सरकारले गठन गरेका अन्य थुप्रै समितिहरु र अन्र्तराष्ट्रिय सञ्जालहरुमा आवद्धभई कार्य गरिरहेका छन्। कृष्ण गौतमले हालसम्म जापान, अमेरीका, फिनल्याण्ड, स्वीडेन, बेलायत, दक्षिण कोरीयालगायत थुप्रै मुलुकहरुमा पुगी क्षेत्रीय अन्र्तराष्ट्रिय सेमिनार गोष्ठीहरुमा वक्ताका रुपमा आफूलाई सुपरिचित गराइसकेका छन्।।
(नामी साप्ताहिकवाट साभार)

प्रकाशन मिति–२०७७ साल मंसीर २६ गते शनिवार ।