काठमाडौं। विसं.२०४६ सालको जनआन्दोलन देखि २०६२–०६३ सम्मका आन्दोलन लगायत कैयन साना–ठूला आन्दोलनमा फ्रन्टलाइनमा निरन्तर कमाण्डिङ गर्दैआएका अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठको सोमवार नेपाली कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा पनि सहभागिता रहेको छ।

सरकारलाई खबरदारी गर्न तथा सरकारले गरेको अकर्मन्यता विरुद्धको प्रदर्शनमा अपाङ्गता मानवअधिकारकर्मीको नाताले राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष समेत रहेका अपाङ्गता मानवअधिकारकर्मी श्रेष्ठले खवरदारी गर्न आफूपनि फ्रन्टलाइनमा पुगेको भिजन संसार डटकमसंगको विशेष कुराकानीमा बताएका छन्।

नेपाली कांग्रेसले सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै गरेको देशव्यापी विरोध प्रदर्शनले प्रमुख प्रतिपक्ष दलको नाताले नेपाली कांग्रेसले ढिलैभएपनि राम्रो कार्य गरेको अपाङ्गता मानवअधिकारकर्मी श्रेष्ठको टिप्पणी रहेको छ।

सरकारले बाटो विराएको बेला तथा जनमतको कदर नगरेको बेला यसरी नै सरकारले खबरदारी गरेर सचेतता अपनाउने लगायतका कार्य गर्न र गराउन प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नेपाली कांग्रेसले कुनै कमी कमजोरी नगर्ने विश्वास पनि अपाङ्गता मानवअधिकारकर्मी श्रेष्ठको रहेको छ।
प्रकाशन मिति–२०७७ साल मंसीर ३० गते मंगलवार ।