Kamala News 4काठमाडौ। २४ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्ग संचारकर्मी एवम् गायिका कमला श्रेष्ठ सम्मानित बनेकी छन्।

प्रथम पाइला राष्ट्रिय मासिकको आयोजनामा आयोजित कार्यक्रममा श्रेष्ठलाई संचारकर्म तथा गायनमा विशेष योगदान दिएवापत उपप्रधानमन्त्री एवम् महिला–बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले उक्त विशेष सम्मान प्रदान गरेका थिए।

हिमालय टेलिभिजनमा समाचारवाचक तथा रेडियो रियाजमा अपाङ्ग मानवअधिकार कार्यक्रम कमलो सपनाको कार्यक्रम प्रस्तोता रहेकी संचारकर्मी गायिका श्रेष्ठका साथमा सम्मानित हुनेहरुमा टीकादेवी दाहाल, जगदिशप्रसाद अधिकारी, डा.सुनिता मलेकु, डा.गंगा पाठक, डा.सुरेन्द्र शेरचन लगायतका थिए।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदी र नेपाल सरकारका सहसचिव शंकरप्रसाद पाठक पनि अतिथिका रुपमा रहेका थिए।

Kamala News 5

Kamala News 3

प्रकाशन मिति–२०७२ साल मंसिर १८ गते शुक्रबार ।