काठमाडौ। नेपाली हाँस्य क्षेत्रका बबाल जोडी मानिएका दीपकराज गिरी र दीपाश्री निरौलाको टीमले निर्माण गरेको तेश्रो चलचित्र छक्का–पञ्जाको आज शुक्रबार अलनेपाल रिलिज भएको छ।

deepa-priyanka-cry

रिलिजको दिन विहानै चावहिल स्थित गोपीकृष्ण हलमा छक्का–पञ्जाकी अभिनेत्री प्रियंका कार्कीका साथमा पुगेका बबाल जोडी दीपक र दीपालाई देखेपछि दर्शकको भीडले घेराबन्दीमा पारिहाल्यो। उर्लदो दर्शकहरुको अपार भीडले घेराबन्दीमा पारेपछि निक्कै नै खुशी बनेकी चलचित्र छक्का–पञ्जाकी निर्देशक समेत रहेकी दीपाको आँखावाट आँसु आइहाल्यो।

दीपाको आँखावाट आँसु आएपछि साथमा रहेकी अभिनेत्री प्रियंका कार्कीको आँखामा पनि आँसु टिलपलाइहाल्यो। दुवै रोएपछि दीपकराज गिरीको मन पनि भरेर आएको गिरीको आँखाको भाकावाट स्पष्ट भएको देखिन्थ्यो। दुवै रुनुको पछाडि अरु कुनै कारण नभइकन दर्शकको अपार भीड र माया नै हो भनेर दुवैले भनेका छन्।

deepa-priyanka-kissed-deepak

हर्षको आँसु खसेको थाहै नपाएको दीपाले भनेकी छन्। अर्कोतर्फ सोही उत्तेजनामा दुवैले एकैसाथ दीपकराज गिरीलाई सवैको सामु मज्जाले चुम्वन गरेका थिए। नेपालभरका ८० हलहरुमा एकसाथ चलचित्र छक्का–पञ्जा रिलिज गरिएको छ। शुक्रबारको ओपनिङ्ग निक्कै राम्रो भएको छ। दर्शकहरुको अपार साथ पाएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २४ गते शुक्रबार ।