kabul-attactकाठमाडौ। अफगानिस्तानको राजधानी काबुलस्थित शिया मुस्लिमको मस्जिदमा सोमबार गराइएको आत्मघाती आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ।

बाक्युर उल ओलुम मस्जिदमा भएको घटनामा ३५ भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। धार्मिक समारोहमा जम्मा भएकाहरु माझ विस्फोट गराइएको थियो ।

आक्रमण कसले गरायो भन्ने खुल्न सकेको छैन। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल मंसीर ७ गते मंगलवार ।