Kabul Attacted 2
काठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा आज शनिवार पनि आत्मघाती आक्रमण भएको छ। बीबीसीका अनुसार उक्त आक्रमणमा कम्तिमा ६१ जनाको ज्यान गएको छ भने, २ सयजना भन्दा बढी घाइते बनेका छन्।

विद्युत् प्रसारणलाइनको बाटो परिवर्तन गरिएको भन्दै विरोध प्रदर्शनमा सहभागी हजारौं व्यक्तिहरुमाझ आत्मघाती आक्रमणकारीले विस्फोट गराएको अन्तर्रा्ष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन्। चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)ले आक्रमणको जिम्मेवारी लिएको बीबीसीले जनाएको छ।

Kabul Attacted 1

अफगानिस्तानको हजारा समुदाय तुर्कमेनिस्तानबाट काबुल ल्याउन लागिएको विद्युत् प्रसारणलाइनको बाटो बदल्नका लागि आन्दोलनरत् थिए। हजारा समुदायमा अधिकांश शिया मुस्लिमहरु छन्।
प्रकाशन मिति–२०७३ साल साउन ८ गते शनिवार ।