इस्लामावाद । पाकिस्तानमा भएको शृंखलाबद्ध आत्मघाती बम विस्फोटमा ८ जना मारिएका छन् भने १५ जना घाइते भएका छन् ।

क्वेटा शहरभन्दा ४० किलोमिटर टाढा अफगानिस्तानको सीमामा रहेको एक चर्चमा गराइएको शृंखलाबद्ध विस्फोटमा परी ८ जनाको मृत्य हुनुका साथै अन्य १५ जना घाइते भएका हुन्।

मानिसहरु प्रार्थनामा रहेको बेला चर्चभित्र जबर्जस्ती प्रवेश गर्न खोजेका दुई जनालाई रोक्ने क्रममा आत्मघाती विस्फोट गराइएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन्।

विस्फोटको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । यद्दपी सिया मुसलमान समुदायलाई लक्षित गरी विस्फोट गराइएको अनुमान गरिएको छ । पाकिस्तानमा पछिल्लो समय भएका विस्फोटमा सयौंको ज्यान गइसकेको छ । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल पुष २ गते आइतवार ।