काठमाडौ। छोटो समयमा चर्चाको शिखरमा पुगेकी गायिका सुशिला पाठकले आफ्नो जन्मदिन पारेर आफ्नै गीतको म्युजिक भिडियो सार्बजानिक गरेकी छन्। नेपाली सांगीतिक क्षेत्रमा अब्बल गायिका बन्ने दौडमा रहेकी गायिका पाठकले जन्मदिनको अवसर पारेर आधुनिक डान्सिङ बिटको ‘सानी’ बोलको भिडियो सार्वजनिक गरेकी हुन्।

आफ्ना फ्यान फलोअर्स र शुभेच्छुकका लागि उपहार भन्दै आफ्नै स्वर तथा अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक गरेको बताएकी छन्। नेपालका प्रसिद्ध फोटोग्राफर तथा सीबी माउण्ट फ्रेम कंपनीका प्रोप्राइटर च्याङ्बा लामा लगायत विभिन्न बरिष्ठ व्यक्तित्वहरुमाझ गायिका पाठकले त्यसअवसरमा जन्मदिनको केक पनि काटेकी थिइन्।

पाठकलाई उनका गुरु बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले बधाई तथा शुभकामना दिएका थिए। आफुलाई छोटो समयमा नै स्थापित हुनलाई सहयोग गर्ने सम्पूर्ण फ्यान फलोअर्स र शुभेच्छुकका लागि आफु सदैव ऋणी रहेको सदैव यस्तै मायाको अपेक्षा गरेको उनले भनेकी छन्।

कुमार शिवाकोटीको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतको भिडियोमा गायिका पाठक आफैले बबाल डान्स गरेकी छन्। बिशाल पौडेलेले एरेन्ज गरेको गीतमा सुम्निमा, राज र मिलनको कोरियोग्राफी रहेको छ । सचिन थापाले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=EP55JBXDxGI

प्रकाशन मिति–२०७४ साल फागुन १४ गते सोमवार ।