काठमाडौं। वितेको दुई बर्षदेखि विश्वलाई आक्रान्त पार्दैआएको कोरोनाभाइरस (कोभिड–१९) को महामारी अव चाँडै नै अन्त्य हुने विश्वास गरिएको छ। अब छिट्टै नै कोभिड–१९ को महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक डा. हान्स क्लुगलको दावी प्रकाशमा आएको हो।

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा प्रवेश गरेको र अब छिट्टै नै सो महामारी अन्त्य हुने विश्वास डा.हान्स क्लुगलले गरेको अन्तरराष्ट्रिय समाचार एजेन्सी एफपीले जनाएको छ।

ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको दिशातर्फ लगेको डा.क्लुगलले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एफपीसँग यस्तो बताएका हुन। उनले मार्च भित्रमा ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने बताएका छन् ।सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त हुने उनको भनाइ छ।

त्यस्तै खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको पनि उनले बताएका छन्। यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने उनको जिकिर रहेको छ। त्यस्तै अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन्।
प्रकाशन मिति–२०७८ साल माघ १० गते सोमवार ।