नवलपरासी। नेपालमा सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष बनाइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने तयारीमा पुगेको हो।

चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाले देशका विभिन्न ३० वटा स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री अस्पतालका रुपमा विकसित गर्ने कार्य समेत अगाडि वढाएको छ।

टेकुस्थित स्वास्थ्य सेवा विभागको भवनमा स्तनपान कक्ष स्थापना भैसकेको छ। यस अधि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा समेत स्तनपान कक्ष बनाइएका थिए।
प्रकाशन मिति–२०७५ साल कात्तिक ४ गते आइतवार ।