–प्रेमसागर कर्माचार्य
         अध्यक्ष
(नेपाल स्वयंसेवी रक्तदाता समाज)

मानव तिमी ! जहाँ जहाँ छौ जता जता छौ
यही ब्रम्हाण्ड मै त कहिँकतै समाहित नै छौ
रगत बुझ्न बुझाउन यहाँ हामी सबले नबिर्सौं
रक्तदान गरेर नै यो जूनीलाई सार्थक बनाऔं

बाह्रमासे मौसम झैं सदाबहार हामी बन्नु पर्ने
नर–नारी बालबृद्ध सवैलाई यहाँ समेट्नु पर्ने
कहिँकतै नपाउने रगत सबलाई यो बुझ्नु पर्ने
रक्तदान नै एउटै माध्यम पूर्ति सबले गर्नु पर्ने

जन्मदै कसैले खोज्छन् है सहारा रगत पाउन
एक पाईला अघि बढाऔं है रक्तदान बुझाउन
उत्प्रेरणा जगाऔं सर्वत्र अब रक्तदान गराउन
अभाव पूर्ति गर्न गरौं हामी नियमित रक्तदान

(बिश्व रक्तदाता दिवस,जून १४ को सन्दर्भमा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यव्दारा लिखित आम रक्तदाताहरुमा समर्पित प्रेरणादायी कविता)
प्रकाशन मिति–२०७८ साल जेठ ३१ गते सोमवार ।