Binay Shrestha with Ani Thapaकाठमाडौ। पछिल्लो समय चलचित्र रेशम फिलिलीवाट निक्कै चर्चामा आएका अभिनेता विनय श्रेष्ठ विवाह वन्धनमा बाँधिएका छन्। सोमवार काठमाडौको तीनकुनेस्थित एक पार्टी प्यालेसमा आयोजित विवाह वन्धन कार्यक्रममा अभिनेता श्रेष्ठले व्युटी थेरापिष्ट एनी थापाको सिंउदोमा सिन्दूर भरेका थिए।

एक बर्षअगाडि नै टीकोटालो गरेका अभिनेता श्रेष्ठ र व्युटी थेरापिष्ट थापा वीच केही बर्षयता प्रेम–प्रसंग चल्दैआएको थियो। दुवै वीचको प्रेमलाई विवाहको माध्यमवाट सफल बनाएका छन्।

विभिन्न समयमा विभिन्न अभिनेत्रीहरुसंग प्रेम–रोमान्समा असफल बनेका अभिनेता श्रेष्ठ पछिल्लो समयमा आएर व्युटी थेरापिष्ट एनी थापाको प्रेममा भने सफल भएका छन्।
प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।