काठमाडौं। ख्यातिप्राप्त अभिनेत्री अनिता केसीले बेलायतवाट सार्वजनिक भएको इन्टरनेशनल नेपाली चलचित्र कैदीको पत्रको ट्रेलर हेरेकी छन्। निक्कै नै चासोको विषय बनेको चलचित्र कैदीको पत्रको ट्रेलर अभिनेत्री केसीले बडो अभिरुचिपूर्वक हेरेकी हुन।

ट्रेलर प्रदर्शन हेरेपछि भिजन संसार डटकमलाई प्रतिक्रिया दिने क्रममा अभिनेत्री केसीले चलचित्र कैदीको पत्र इन्टरनेशनल सुपर चलचित्र नै बनेको आफूले पाएको बताएकी छन्। चलचित्र कस्तो बनेको छ भन्ने कुरा चलचित्रको ट्रेलरवाटै सवै थाहा पाउन सकिने जानकारी दिदै निर्देशक सनम कुमार बैरागले चलचित्र कैदीको पत्रमा अत्यन्त मेहनत तथा आफूभित्रको सारा खुबी पोखेको आफूले पाएको जिकिर गरेकी छन्।

बेलायतमा रहेका नयाँ कलाकारहरुलाई पनि ज्यादै मेहनतले उनीहरु भित्रको कलाकारितालाई चलचित्रमा ल्याउन निर्देशक बैरागले सफलता प्राप्त गरेको प्रतिक्रिया पनि अभिनेत्री केसीले दिएकी छन्। सवै कलाकारका बुलन्द अभिनय तथा सशक्त लेखन अनि निर्देशनले जमेको चलचित्र कैदीको पत्र सवैले हेर्नुपर्ने ज्यादै महत्वको चलचित्र भएको पनि अभिनेत्री केसीले भनेकी छन्।

द कमाण्डो तथा छहारी जस्तो सुपरहिट फिल्मकी उनै अब्बल दर्जाकी नायिका अनिता केसीको अभिनय यात्रा नाटकवाटै भएको हो। यो हालसम्म अनिता केसीको लुकेको रहस्य नै हो। पच्चीस बर्षअघि विसं.२०५२ साल फागुन ११ गते सनम कुमार बैरागव्दारा लिखित रंगमंचको हिट नाटक सत्यानाशवाटै नायिका अनिता केसीको कलाकारिता यात्रा शुरु भएको खुलासा नायिका केसी आफैले भिजन संसार डटकम मार्फत गरेकी छन्।

त्यो बेला भर्खरै पाँच बर्षको छोरो बोकेर नाटक सत्यानाशवाट कलाकारिताको यात्रा गरेको तथा पाँच बर्षको छोरालाई एक ठाउंमा राखेर अभिनेता सनम कुमार बैराग लगायतका नाटक सत्यानाशका कलाकारहरुसंग महिनौ रिहर्सल गरेर एक दिन मात्र मञ्चन भएको नाटक सत्यानाश निक्कै नै हिट मानिएको नाटक भएको दावी नायिका केसीको रहेको छ।

फ्रान्सेली केन्द्रको संयोजकत्वमा समानान्तरको प्रस्तुति रहेको नाटक सत्यानाशको निर्देशन तत्कालिन संचारकर्मी समेत रहेकी शोभा चन्दले गरेकी थिइन्। त्यो पल र त्यो क्षणले नै आफूलाई अब्बल दर्जाको कलाकार बनाउन मदत गरेको वताउने नायिका केसी अभिनयको आफ्नो पहिलो नायक तथा पहिलो गुरु सनम कुमार बैराग भएको गर्बका साथ वताउंछिन्।

सनम कुमार बैराग आफै लेखक तथा निर्देशक भएको कारण नाटक सत्यानाशको अभिनय रिहर्सलको बेला धेरै कुरा बैरागवाट सिक्न पाएको सगौरब बताउंदै बैरागलाई आफ्नो अभिनयको अभिभावक निर्देशक भन्न रुचाउंछिन्। त्यसपछि गाईजात्रे प्रहर्सनहरुमा प्रस्तुत भएतापनि रंगमञ्चमा त्यति फर्कन नपाएको र चलचित्रमा नै व्यस्त भएको नायिका केसीले भनेकी छन्।

प्रकाशन मिति–२०७९ साल भाद्र ४ गते शनिवार ।