काठमाडौं। नेपाली जनतालाई घरैमा थुनेर लकडाउन मात्र गर्न जानेको सरकारले नेपाली जनताको लागि चरम बेवास्ता गरेको आवेग ख्यातिप्राप्त अभिनेत्री गौरी मल्लले पोखेकी छन्। लकडाउनको नाममा राजनीति गरेर वस्न जानेको सरकारको अव विरोध गर्ने समय भएको महशुश भएर अभिनेत्री मल्लले आक्रोश पोखेकी वताएकी छन्।

लकडाउन गर्न  जानेको सरकारले नेपाली जनताको सामान्य भन्दा सामान्य आवश्यकता पूर्ति नगरेको तिव्र आक्रोस पनि अभिनेत्री मल्लले सामाजिक सञ्जाल मार्फत पोखेकी छन्। अभिनेत्री मल्लले आफ्नो फेसबुक पेज मार्फत स्पष्ट रुपमा लकडाउनको विरोध गर्ने समय भैसकेको वताएकी छन्। सरकारलाई निमुखा नेपाली जनताहरु भएका देशमा अझ कति खेल खेल्नुहुन्छ भनेर प्रश्न गरेकी छन्।

अभिनेत्री मल्लले “यो खेलको अन्त गर्ने बेला भएन र ?” भनेर सरकार चलाउने नेताहरुलाई इंगित गरेर तिव्र रोष प्रकट गरेकी छन्। नेपाली जनताले थोरै भएपनि नैतिक जिम्मेवारी नभएका मान्छेहरुलाई विश्वास गरेर देश सुम्पेको रहेछौ भनेर धिक्कार्न पछि परेकी छैनन्। अभिनेत्री मल्लले समाधान पनि खोजेकी छन्। त्यो हो–यदि यसरी नै लकडाउन गरेर नेपाली जनतालाई घरैमा थुनेर राख्ने हो भने, दैनिक एक हजार रुपैया मात्र नेपाली जनतालाई राहतको रुपमा वितरण गरौ, तवमात्र नेपाली जनता लकडाउनको नाममा आरामसंग घरमा वस्न सकिन्छ र त्यसमा सवै मञ्जुर हुनेछ भनेकी छन्।

अभिनेत्री मल्लले आफूपनि श्रमजीवि भएको र श्रम गर्न नपाए हातमुख जोड्न गाह्रो भएपछि आफूजस्तै सवैको यसरी नै आक्रोश बढिरहेको उल्लेख गरेकी छन्। अभिनेत्री मल्लको यो आक्रोश अत्यन्त जायज हो। सवैले अभिनेत्री मल्लको आक्रोशलाई समर्थन गरेका छन्।

प्रकाशन मिति–२०७७ साल भाद्र २१ गते आइतवार ।