काठमाडौं। अभिनेत्री तथा मोडल पूजा गुरुङ सम्मानित बनेकी छन्। हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा यल्लो टाइगर मुभिज एण्ड इन्टरटेन्टमेन्टले अभिनेत्री गुरुङको सम्मान गरेको हो।

काठमाडौंको बालाजु बनस्थली स्थित बनस्थली पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अभिनेत्री गुरुङलाई काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सम्मान प्रदान गरेकी हुन्।

सम्मानित अभिनेत्री गुरुङले सम्मान ग्रहण गरेपश्चात एक दशकअघिवाट नेपाली समसामयिक चलचित्र, म्युजिक भिडियोमा अभिनय तथा मोडलिङ गरेवापत प्राप्त भएको यल्लो टाइगर सम्मान अनुकरणिय रहेको बताएकी छन्। यसवाट कला क्षेत्रमा अझ लाग्न उत्प्रेरणा मिलेको अभिनेत्री गुरुङको भनाई रहेको छ।

आयोजक यल्लो टाइगर मुभिज एण्ड इन्टरटेन्टमेन्टकी प्रमुख सुषमा सिंहको अध्येक्षतमा भएको कार्यक्रममा सम्मानको अलावा ओपन डान्स कम्पिटिसन पनि भएको थियो। कार्यक्रमको संचालन माधव खरेलले गरेका थिए।

प्रकाशन मिति–२०७६ साल साउन ३२ गते शनिवार ।