काठमाडौं। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री शिल्पा सेट्टीका व्यापारी श्रीमान राज कुन्द्रा सोमबार अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कुन्द्रविरुद्ध प्रहरीसँग बलियो प्रमाण् छ। गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरोपी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ।  राज कुन्द्रले एक एपमा अश्लील फिल्म रिलिज गर्ने गरेका थिए। हटसट नामको एक एपमा अश्लील फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ।

प्रहरीले यो मामिलामा अन्य ४ जनालाई यसअघि नै पक्राउ गरिसेको छ। प्रहरीले कुन्द्रा विरुद्ध आरोपीहरुको बयानमात्र नभएर टेक्निलक प्रमाणसमेत भएको जनाएको छ।भारतीय सञ्चार माध्यमहरुका अनुसार युवतीहरुलाई जबरजस्ती अश्लील फिल्म बनाउन लागएर कुन्द्रले सो एपमार्फत रिलिज गर्ने गरेका थिए। यो लाखौंको व्यापारिक सञ्जाल हुनसक्ने भारतीय प्रहरीले बताएको छ।

प्रकाशन मिति–२०७८ साल साउन ८ गते शुक्रवार ।