Sweta Shree Foundation 1काठमाडौ। नेपालकी चर्चित अभिनेत्री स्वेता खड्काको स्वेता–श्री फाउन्डेसनले सिन्धुपाल्चोकको अति बिकट गाउँ माझी बस्तीमा भूकम्प पीडितहरुका लागि ६५ वटा घर बनाइदिने भएको छ।

Sweta Shree Foundation 3सोमवार एक समारोह वीच अभिनेत्री स्वेता खड्का र नेपाल पुनःर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख प्रा.गोबिन्दराज पोखरेलले वैदिक मन्त्रोचारणका साथमा संयुक्त रुपमा शिलान्यास गरेका छन्।

उक्त अवसरमा थुप्रै कलाकर्मी एवं स्थानीय जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो। डा.भोला रिजाल,पूर्वप्रधान सेनापती रुक्मांगद कटुवाल, अभिनेत्री बसुन्धरा भुसाल,अभिनेता निखिल उप्रेती ,निर्देशक आकाश अधिकारी ,गायक प्रमोद खरेल,अर्का गायक युवराज चौलागाईं,सङीतकार राजनराज शिवाकोटी ,हास्य अभिनेताद्वय जीतु नेपाल र शिबहरी बैरागी ,नृत्य निर्देशक वसन्त श्रेष्ठ ,कलाकार सुनिल कटुवाल लगायतकाको उपस्थिति रहेको थियो।

Sweta Shree Foundation 2माझी बस्तीमा नयाँ घर बन्ने भएपछि त्यस बस्तीका भूकम्प पीडितहरुले खुशी व्यक्त गरेका छन्। अभिनेत्री स्वेता खड्का र उनको स्वेता–श्री फाउण्डेसनको गुणगान गाउने कार्य भएको छ।

प्रकाशन मिति–२०७४ साल जेष्ठ १५ गते सोमवार ।