Sweta Khadka Kanchhi 2काठमाडौ। नेपाली चलचित्रका अमर नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले श्रीमानको निधनको तेश्रो बर्षमा निर्माण गरेको चलचित्र कान्छी अव चाँडै प्रदर्शन हुने भएको छ। स्वर्गवासी श्रीमानको लागि श्रद्धाञ्जली स्वरुप एउटा राम्रो चलचित्र पस्कने सोच तथा इच्छा अनुसार चलचित्र कान्छी निर्माण गरेको नायिका खड्काले भनेकी छन्।

Sweta Khadka Kanchhi 4

चलचित्र कान्छीको अलनेपाल रिलिज आउने माघ २६ गते हुने पनि नायिका खड्काले खुलासा गरेकी छन्। चलचित्र कान्छीको निर्देशन आकाश अधिकारीले गरेका छन्। कान्छीमा कान्छीको भूमिकामा नायिका खड्का आफै देखिने भएकी छन्। कान्छी खड्काको नायकको भूमिकामा दयाहाङ राई देखिने भएको छ। कान्छीमा स्वेता र दयाहाङको रोमान्स रहेको छ।

Sweta Khadka Kanchhi 3

बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठको निरन्तर साथ र सहयोग र संगीतकार शंभुजीत बाँस्कोटाको सपोर्ट तथा बरिष्ठ अभिनेता नीर शाह लगायतको मार्ग निर्देशनले चलचित्र कान्छीले पूर्णता पाएको नायिका खड्काले उल्लेख गर्न पछि परेकी छैनन्। नायिका खड्का र नायक दयाहाङ राईको अलावा चलचित्र कान्छीमा अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल गिरी, जयन्द्र लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

Sweta Khadka Kanchhi 1

चलचित्र कान्छीका कतिपय दृश्यको छायाँकन हिमालपारिको जिल्ला मुस्ताङको रमणिय स्थलहरुमा पनि गरिएको छ। जसले गर्दा कान्छीलाई अझ मनोरम बनाउने कार्य भएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २ गते विहीवार ।