काठमाडौ। गजलकार अमला अधिकारीको तेस्रो गजल सङ्ग्रह आरन सार्वजनिक गरिएको छ । यसअघि गजलकार अधिकारीको अमला (२०६८) र आगो (२०६९) मा प्रकाशित भएका थिए । गजलसङ्ग्रह अमलाले मधुवन वर्ष पुरस्कारसमेत प्राप्त गरेको थियो।

Amala ko Aran 1सर्वनाम थियटरमा आयोजित कार्यक्रममा गजलकार शीतल कादम्बिनी, राबत, बाबु त्रिपाठी, अमला अधिकारी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा गजल सङ्ग्रह आरन सार्वजनिक गरेका हुन्। शिखा बुक्सले आरन प्रकाशन गरेको हो ।

कार्यक्रममा गजलकार अमलाले छ वटा गजल वाचन गरेकी थिइन् । गजलकार बाबु बोगटीको रोचक प्रस्तुति रहेको कार्यक्रममा आरनबाट विपीन सलामी र ललित सादाले वाचन गरेका थिए । कार्यक्रममा गजल सुन्न उपस्थित दर्शकको वान्समोरपछि गजलकार अमलले थप दुई गजल वाचन गरेकी थिइन्।

Amala ko Aran 3पछिल्लो पुस्ताकी शसक्त गजलकारका रुपमा अमलाको उपस्थिति भएको चर्चा गर्दै गजलकार शीतल कादम्बिनीले अमलाको आरनमा आगो मात्र होइन आगोको भट्टीनै पाइएको टिप्पणी गरेकी छन्।

Amala ko Aran 2कार्यक्रममा गजलकार राबत, रुपक बनवासीले नेपाली गजलमै शसक्त लेखिकाको उपस्थिति भएको जिकिर गरेका छन्। सिन्धुलीको बाहुनतिल्पुङ–९ की अमला कविता तथा निवन्ध लेखनमा पनि उत्तिकै सशक्त रहेकी छन्।
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।