काठमाडौं। मायामा सबै कुरा जायज हुन्छ । यो भनाइ मायाको जालमा नपरून्जेल मात्र हो । तर, कुनै प्रेमी होस् या प्रेमिका बन्धन मुक्त स्वतन्त्र भएर हिडन चाहन्छन् । जुन कुरा माया नै बन्धन हो भन्ने कुरा बिर्सेर अधिकार जताउन तिर लाग्छन्।

हुनपनि माया जालमा अल्झिनु अगाडि एक अर्कामा जुनै कुनै सम्झौता गर्न तयार भएका जोडी सम्वन्ध गाँसिएपछि यो नगर, यता नजाउ, योसंग नबोल, अझ फेसबुक पासवोर्ड समेत शेयर गर्नुपर्ने जस्ता सयौं कुरामा बन्देज राख्न खोज्छन्। जसको कारण ९५ प्रतिशत प्रेममा बिफल भएको छ। कथंकदाचित सफल भएकाहरू पनि बिवाह पछि पछुतोमा हुन्छन।

मायाको मायाले जीवनको कुन मोडमा कहाँ पुर्याउँछ कुनै निश्चित हुन्न भन्ने यथार्थ सामाजिक प्रेम कथामा चलचित्र मायाको मायाले निर्माण हुने भएको छ। नेपाली चलचित्रका उत्साही तथा जोशिला निर्माता, निर्देशक तथा लेखक अमृतमान महर्जनको निर्माण तथा निर्देशनमा चलचित्र मायाको मायाले निर्माण हुने अव भने पक्का भएको छ।

यही आउने मंसीर महिनावाट छायाँकन शुरु हुने चलचित्र मायाको मायाले नेपाली चलचित्र उद्योगमा नयाँ आयाम थप्ने निश्चित भएको जिकिर पनि निर्माता–निर्देशक तथा लेखक महर्जनको रहेको छ। हाललाई कलाकार तथा प्राविधिकहरु सवै गोप्य नै राखिएको छ।

प्रकाशन मिति–२०७८ साल कात्तिक २० गते शनिवार ।